काठमाडौं उपत्यकामा आज बिना पासका १ हजार २६९ सवारी होल्ड « Arthapath.com
३० बैशाख २०७९, शुक्रबार

काठमाडौं उपत्यकामा आज बिना पासका १ हजार २६९ सवारी होल्ड



काठमाडौं । आज ट्राफिक प्रहरीले काठमाडौं उपत्यका भित्र बिना पास चलाएका १ हजार २६९ वटा सवारी साधनलाई बिभिन्न स्थानमा होल्ड गरेको छ ।

होल्ड गरिएका सवारी साधन मध्ये १ हजार १८७ वटा दुई पाङग्रे र ८२ वटा चारपाङग्रे रहेको जनाएको छ ।होल्ड गरिएका सवारी साधनलाई बेलुकी ७ बजे पछि मात्रै छाडिने र सो अवधिभर पास नलिएका अन्य सवारी साधन पनि संचालन नगर्न नगराउन ट्राफिक प्रहरीले अनुरोध गरेको छ ।

आज बिना पासका सवारी साधन चलाउन नदिने ट्राफिकले कडाइ गरेको थियो । काठमाडौं उपत्यका आज सुनसान तथा बन्दाबन्दि जस्तै अवस्था रहेको थियो ।


प्रतिक्रिया दिनुहोस्