एकैदिन १०९० जनामा कोरोना संक्रमण पुष्टि, २ को मृत्यु « Arthapath.com
२४ श्रावण २०७९, मंगलवार

एकैदिन १०९० जनामा कोरोना संक्रमण पुष्टि, २ को मृत्यु



काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोना संक्रमितको सख्‍या १ हजार नाघेको छ भने २ जनाको मृत्‍यु भएको छ ।

६ हजार ३०० जनाको परीक्षणमा १०९० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

जसमध्‍ये २ हजार ९५८ जनाको पीसीआर परीक्षण गर्दा ६५० जना र ३ हजार ३४२ जनाको एन्टिजेन परीक्षण गर्दा ५३० जनामा संक्रमण देखिएको मन्त्रालयको भनाइ छ ।

योसँगै कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ५ हजार ८०६ पुगेको छ । पछिल्लो २४ घण्टामा ४३८ जना संक्रमणमुक्त भएका छन् ।


प्रतिक्रिया दिनुहोस्