कुमारी बैंकले ३० लाख कित्ता ऋणपत्रको निष्काशन गर्ने, बोर्डले दियो अनुमति « Arthapath.com
८ भाद्र २०७९, बुधबार

कुमारी बैंकले ३० लाख कित्ता ऋणपत्रको निष्काशन गर्ने, बोर्डले दियो अनुमति



काठमाडौं । कुमारी बैंक लिमिटेडले ३० लाख कित्ता ऋणपत्रको निष्काशन गर्ने भएको छ । नेपाल धितोपत्र बोर्डले २०७९ भदौ १ गतेदेखि दश वर्षे अवधि तथा वार्षिक ११ प्रतिशत केविएल डिवेन्चर २०८९” को हजार अंकित दरको ३० लाख कित्ता ऋणपत्र निष्काशन गर्न स्वीकृति दिएको हो ।


उक्त ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र मध्ये १८ लाख कित्ता ऋणपत्र व्यक्तिगत तवरबाट बिक्री गरिने तथा १२ लाख कित्ता ऋणपत्र सर्वसाधारण नेपालीको लागि सार्वजनिक निष्काशनबाट बिक्री गरिने गरिने छ । यस ऋणपत्र निष्काशनको लागि धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ ।


सार्वसाधारणका लागि निष्काशन गरिने १२ लाख कित्ता ऋणपत्र मध्ये सामुहिक लगानी कोषलाई छुट्ट्याएको ५प्रतिशतले अर्थात् ६० हजार कित्ता ऋणपत्रको लागि ३ वटा सामुहिक लगानी कोषबाट कूल ९ हजार ५सय कित्ताको लागि आवेदन प्राप्त भएको हुँदा सो लाई समानुपातिक आधारमा बाँडफाँड गरिएको छ ।


यस सार्वसाधारणका लागि निष्काशन गरिने ऋणपत्रमा न्यूनतम आवेदन २५ कित्ता देखि अधिकतम १२ लाखले आवेदन दिन सक्नेछन । लगानीकर्ताहरुले यस ऋणपत्र श्री नेपाल धितोपत्र बोर्डबाट इजाजतपत्र प्राप्त सि–आस्वामा सहभागी बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरु बाट आवेदन दिन सक्नेछन् ।


आफ्ना देशव्यापी १९७ शाखा सञ्जाल, १९१ एटिएम, ४९ शाखारहित बैंकिङ्ग ईकाई तथा २६ एक्सटेन्सन काउन्टरबाट अत्याधुनिक सेवासुविधाहरु प्रदान गर्दै आएको कुमारी बैंकले आगामी दिनहरुमा अझ सुरक्षित, सुलभ तथा उत्कृष्ट सेवा प्रदान गर्न डिजिटल पूर्वाधार प्रविधि र क्षमतालाई सुदृढ पार्दै लग्ने प्रतिबद्धता जनाएको छ ।

Tags :

प्रतिक्रिया दिनुहोस्