छुट्ला है नेपाल पुनर्बीमा कम्पनीको लाभांश, सुरक्षित गर्ने आज अन्तिम मौका « Arthapath.com
१७ भाद्र २०७९, शुक्रबार

छुट्ला है नेपाल पुनर्बीमा कम्पनीको लाभांश, सुरक्षित गर्ने आज अन्तिम मौका



काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका रहेको छ ।

कम्पनीले साधारणसभा र लाभांश वितरण प्रयोजनको लागि भदौ १९ गते बुक क्लोज गरेसँगै १८ गते बुक क्लोज गर्ने भएको छ । उक्त दिन शनिवार परेकाले आज शुक्रवार अर्थात् भदौ १७ गतेसम्म कायम सेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउनेछन् ।

कम्पनीले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट लगानीकर्तालाई ५ प्रतिशत बोनस सेयर र कर प्रयोजन सहित गरेर ०.२६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

उक्त प्रस्ताव पारित गर्न कम्पनीले भदौ ३० गते सातौं वार्षिक साधारण सभा डाकेको छ । कम्पनीको सभा कार्की ब्यांकेट बबरमहल काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ । प्रस्तावित बोनस सेयर सरकार र बिमा समितिबाट स्वीकृत भई सभाबाट अनुमोदन भएपछि मात्र वितरण हुनेछ ।

सभामा कम्पनीको नियमावली संशोधन गर्नुपरेमा त्यसको अख्तियारी सञ्चालक समितिलाई दिने एजेन्डा पनि रहेको छ ।
सभामा आर्थिक वर्ष २०७७/७८ को वासलात, नाफा–नोक्सान र नगद प्रवाहमाथि छलफल हुनेछ । आर्थिक वर्ष २०७८/७९ का लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने लगायतका एजेन्डा पनि राखिएको छ ।

Tags :

प्रतिक्रिया दिनुहोस्