राष्ट्रिय वाणिज्य बैंकको वरिष्ठ प्रवन्धकमा ७ जना सिफारिस (नामावलीसहित) « Arthapath.com
१९ भाद्र २०७९, आईतवार

राष्ट्रिय वाणिज्य बैंकको वरिष्ठ प्रवन्धकमा ७ जना सिफारिस (नामावलीसहित)



काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले वरिष्ठ प्रवन्धकमा ७ जनाको नाम सिफारिस गरेको छ ।

बैंकले लोक सेवा आयोगबाट संचालित आन्तरिक प्रतियोगितात्मक लिमित परीक्षा सफल भई प्रस्तुतिकरण परीक्षा र अन्तर्वार्तामा प्राप्ताङ्कको आधारमा वरिष्ठ प्रवन्धकमा बढुवाका लागि सिफारिस गरेको हो ।

बैंकले पदपूर्ति समितिले प्रशासन सेवा, प्रशासन समूह तर्फ ९औं तहमा अरुण ढुंगाना, रञ्जन उप्रति, ईश्वरी न्यौपाने, लेखनाथ अधिकारी, निसा पछाई लाई सिफारिस गरेको छ ।

यस्तै, वरिष्ठ प्रवन्धक (लेखा) तर्फ सुजन भट्टराई र सूचना प्रविधि तर्फको वरिष्ठ प्रवन्धकमा रविन्द्र जोशीलाई बढुवाका लागि सिफारिस गरेको हो ।

त्यसैगरि बैंकको पदपूर्ति समितिले गणेशचन्द्र पौडेल, ऋषभ भट्टराई, प्रमोद अधिकारी र दामोदर ज्ञवालीलाई मुख्य प्रवन्धक (प्रशासन सेवा र प्रशासन समूह) १० औं तहमा बढुवाका लागि सिफारिस गरेको हो ।

Tags :

प्रतिक्रिया दिनुहोस्