अभिकर्ता कमिसनका लागि जीवन बीमा कम्पनीहरुले खर्चिए ३ अर्ब ३९ करोड, कुनको कति ? « Arthapath.com
१८ मंसिर २०७९, आईतवार

अभिकर्ता कमिसनका लागि जीवन बीमा कम्पनीहरुले खर्चिए ३ अर्ब ३९ करोड, कुनको कति ?



काठमाडौं । जीवन बीमा कम्पनीहरुले अभिकर्ताहरुके कमिुसनमा ३ अर्ब बढी रुपैयाँ खर्चिएका छन् । चालु आर्थिक वर्षको तीन महिनामा जीवन बीमा कम्पनीहरुले अभिकर्ताका लागि ३ अर्ब ३९ करोड ४ लाख ६६ हजार रुपैयाँ खर्च गरेका हुन् ।

संचालनमा रहेका १९ वटा जीवन बीमा कम्पनीहरुको चालु आवको पहिलो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो । तथ्याङ्क अनुसार गत वर्षको सोही अवधिमा कम्पनीहरुको अभिकर्ता कमिसन १३.०५ प्रतिशतले कमी हो । गत वर्षको सोही अवधिमा कम्पनीको यो खर्च ३ अर्ब ९० करोड ३ लाख ९५ हजार रुपैयाँ रहेको थियो ।

बीमा अभिकर्ताले बीमालेख बिक्री गरेवापत कमिशन प्राप्त गर्दछन् । अभिकर्तालाई जीवन बीमामा पहिलो वर्ष प्रिमियमको २५ प्रतिशत, दोस्रो वर्ष १५ प्रतिशत, त्यसपछि ८ वर्षसम्म प्रिमियमको ५ प्रतिशतका दरले कमिसन दिने गरिन्छ । अभिकर्ताले पाउने कमिसन बिक्री गरेको पोलिसीको प्रकार र त्यसको संख्याको आधारमा निर्धारण हुने गर्दछ । नेपाल बीमा प्रधिकरणको पछिल्लो तथ्यांक अनुसार जीवन बीमा अन्र्तगत अभिकर्ताका लागि अनुमतिपत्र लिनेको संख्या ५ लाखको हाराहरीमा रहेका छन् ।

तथ्याङ्क अनुसार गत आवको तलुनामा यस वर्ष भने अधिकांश कम्पनीहरुले बीमालेख बिक्री गरेबापत दिने कमिसन घटको छ । चालु आवको तीन महिनाको अवधिमा सबैभन्दा धेरै अभिकर्ता खर्च नेपाल लाइफ इन्स्योरेन्सको देखिएको छ । कम्पनीले सो अवधिमा ८३ करोड १५ लाख ५२ हजार रुपैया खर्चिएको छ। तर, गत वर्षको असोज मसान्तसम्मको तुलनामा भने कम्पनीको अभिकर्ता कमिशन खर्च १६.५१ प्रतिशतले घटेको हो । गत वर्षको सो अवधिमा कम्पनीले आफ्ना अभिकर्तालाई ९९ करोड ६१ लाख रुपैयाँ खर्च गरेको थियो । दोस्रो स्थानमा रहेको नेशनल लाइफले भने ४१ करोड ८४ लाख ५७ हजार रुपैयाँ अभिकर्ताका लागि कमिसनमा खर्चिएको छ । कम्पनीको यो खर्च गत वर्षको तुलनामा भने १०.१८ प्रतिशतले बढी हो ।

चालु आवको तीन महिनामा अभिकर्ता कमिसन खर्च वृद्धि राष्ट्रिय बीमा संस्थानको देखिएको छ । कम्पनीको सो खर्च ३८.०१ प्रतिशतले वृद्धि भई ६ करोड ६८ लाख ३ हजार रुपैयाँ पुगेको छ । गत वर्षको असोज मसान्तसम्ममा भने कम्पनीले ४ करोड ८४ mलाख रुपैयाँ खर्चिएको थियो ।

सो अवधिमा सबैभन्दा कम अभिकर्ता खर्च महालक्ष्मी लाइफ इन्स्योरेन्सको देखिएको छ । कम्पनीले तीन महिनामा अभिकर्ता कमिसन बापत ६ करोड १९ लाख ६१ हजार रुपैयाँ खर्चिएको हो ।

गत वर्षको तुलनामा सानिमा लाइफको अभिकर्ता कमिसन खर्च २९.२७ प्रतिशतले ७ करोड २० लाख ७१ हजार र युनियन लाइफको ४.६९ प्रतिशतले वृद्धि भई २० करसोड ६४ लजाख ६८ हजार रुपैयाँ कायम भएको छ ।

यस्तै, लाइफ नेपाल कर्पोशनको अभिकर्ता कमिसन खर्च ३५ करोड ६६ लाख ६९ हजार, सिटिजन लाइफको २० करोड २९ लाख ८२ हजार, एशियन लाइफको १७ करोड ४९ लाख १४ हजार, मेट लाइफको १२ करोड ३० लाख ९७ हजार, आइएमई लाइफको ११ करोड १९ लाख ८८ हजार, सूर्याको ११ करोड ८१ लाख ५१ हजार र ज्योति लाइफको १० करोड १० लाख २१ हजार रुपैयाँ रहेको छ ।

त्यसैगरि रिलायन्स लाइफले ९ करोड ९२ लाख, प्राइम लाइफले ८ करोड ९२ लाख, सन नेपालले ८ करोड ८३ लाख, प्रभु लाइफले ७ करोड ८६ लाख ५१ हजार, गुराँस लाइफले ६ करोड ६७ लाख १४ हजार रुपैयाँ अभिकर्ता कमिसनका लागि खर्चिएका छन् ।

कुनको कति ?


प्रतिक्रिया दिनुहोस्