सपोर्ट लघुवित्तको नाफामा उछाल « Arthapath.com
१२ बैशाख २०८१, बुधबार

सपोर्ट लघुवित्तको नाफामा उछाल



काठमाडौं । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म सपोर्ट लघुवित्त वित्तीय संस्थाको नाफामा उछाल आएको छ । यो अवधिसम्म संस्थाले १ करोड २३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।

यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ९४.९१ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तले ६३ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

संस्थाको खुद ब्याज आम्दानी ८.७८ प्रतिशत बढेर ४ करोड ९१ लाख रुपैयाँ पुगेको छ । गत वर्षको सोही अवधिमा संस्थाकोयस्तो आम्दानी ४ करोड ५२ लाख रुपैयाँ थियो ।

सञ्चालन मुनाफा १२०.९३ प्रतिशत बढेर एक करोड ३३ लाख रुपैयाँ पुगेको छ। खुद ब्याज आम्दानी सामान्य बढेपनि अन्य सञ्चालन आम्दानी र सञ्चालन मुनाफा उल्लेख्य बढेका कारण खुद नाफा उल्लेख्य बढ्न पुगेको हो।

नाफासँगै लघुवित्तको प्रतिशेयर आम्दानी पनि बढेको छ। समीक्षा अवधिमा लघुवित्तको यस्तो आम्दानी ८ रुपैयाँ ४१ पैसा बढेर १७ रुपैयाँ २८ पैसा पुगेको छ। सो अवधिसम्ममा लघुवित्तको मूल्य आम्दानी अनुपात ७७.९७ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ २२ रुपैयाँ ४० पैसा रहेको छ।

९ करोड ५२ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस लघुवित्तको जगेडा कोषमा ५ करोड ७९ लाख रुपैयाँ सञ्चित छ। समीक्षा अवधिमा लघुवित्तको निक्षेप १७.८२ प्रतिशत, सापटी ३०.३४ प्रतिशत र कर्जा २४.०२ प्रतिशत बढेको छ।


प्रतिक्रिया दिनुहोस्