कुमारी बैंकको करीब ६ लाख कित्ता सेयर बिक्रीमा « Arthapath.com
१४ बैशाख २०८१, शुक्रबार

कुमारी बैंकको करीब ६ लाख कित्ता सेयर बिक्रीमा



काठमाडौं । कुमारी बैंकले करीब ६ लाख कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक सेयरधनीको नाममा रहेको ५ लाख ९९ हजार १२१ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको हो ।

उक्त सेयर खरिदका लागि बैंकका विद्यमान संस्थापक सेयरधनीले मात्रै आवेदन दिन सक्नेछन् । सेयरको बिक्री मूल्य भने बिक्रेताले तोके बमोजिम हुने बैंकले जनाएको छ ।

इच्छुक संस्थापक सेयरधनीहरूले सेयर खरिदका लागि सूचना प्रकाशित भएको ३५ दिनभित्र काठमाडौं नक्सालमा रहेको कुमारी क्यापिटल वा टंगालमा रहेको कुमारी बैंकको प्रधान कार्यालयमा आवेदन दिनुपर्नेछ।

तोकिएको समयभित्र खरिद आवेदन नपरेमा अन्य व्यक्ति तथा संघ संस्थालाई सेयर बिक्री गर्ने प्रक्रिया अघि बढाइने बैंकले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्