काठमाडौं बन्यो विश्वकै सबैभन्दा प्रदूषित सहर « Arthapath.com
१४ बैशाख २०८१, शुक्रबार

काठमाडौं बन्यो विश्वकै सबैभन्दा प्रदूषित सहर



काठमाडौं । काठमाडौं विश्वकै सबैभन्दा धेरै प्रदूषित सहर बनेको छ। वायु प्रदूषण मापन गर्ने अन्तर्राष्ट्रिय संस्था आइक्यु एयरका अनुसार अहिले काठमाडौंको प्रदूषणको दर १९४ मापन गरिएको छ। जसलाई मानव स्वास्थ्यका हिसाबले अस्वस्थकर मानिन्छ।

मुलुकको विभिन्न स्थानमा लागिरहेको डढेलो र धुलोका कारण वायु नेपालमा वायु प्रदुषण बढेको हो । ठूलो वर्ष नभाको कारण काठमाडौं उपत्यकाको प्रदूषणको तह घट्न सकेको छैन।

विश्वकै सबैभन्दा धेरै प्रदूषित सहरको दोस्रो स्थानमा पाकिस्तानको लाहोर रहेको छ । त्यहाँ प्रदूषण तह १८५ रहेको छ। तेस्रो स्थानमा रहेको भारतको नयाँदिल्लीमा प्रदूषणको तह १७५ रहेको छ ।

प्रदुषण मापनमा शुन्यदेखि ५० सम्मको एक्युआइलाई राम्रो मानिन्छ भने ५१ देखि १०० सम्मको एक्युआइलाई सतर्क रहनुपर्ने रुपमा लिइन्छ । १०१ देखि १५० सम्मलाई हुनुलाई श्वाशप्रश्वास र मुटु रोगीका बिरामीलाई असर गर्छ भन्न्ने बुझिन्छ भने १५१ देखि २०० सम्मको एक्युआइलाई पनि अस्वस्थकरका रुपमा लिइन्छ ।

२०१ देखि ३०० सम्मको अति अस्वथ्य अवस्थाको वायू भनेर बुझिन्छ भने ३०१ देखि ४०० सम्मलाई खतरनाक र ४०१ देखि ४५० लाई अति खतरा मानिन्छ । काठमाडौँ उपत्यकाको लागि वायुगुणस्तर व्यवस्थापन कार्ययोजना, २०७६ मा एक्युआईको मान ३०० भन्दा बढी भएको अवस्थालाई विपद्को रुपमा लिने उल्लेख छ ।


प्रतिक्रिया दिनुहोस्