करिब डेढ किलो सुन र १ करोड रुपैयाँ बढी नगदसहित ७ जना पक्राउ « Arthapath.com
१४ बैशाख २०८१, शुक्रबार

करिब डेढ किलो सुन र १ करोड रुपैयाँ बढी नगदसहित ७ जना पक्राउ



काठमाडौं । प्रहरीले काठमाडौंबाट करिब डेढ किलो सुन र १ करोड रुपैयाँ बढी नगदसहित ७ जनालाई पक्राउ गरेको छ । उपत्यका अपराध अनुसन्धान कार्यालयले करीब डेढ किलो अवैध सुन र नगदसहित ७ जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा ४ नेपालीसहित ३ जना भारतीय नागरिक छन् । काठमाडौं महानगरपालिका वडा नं २४ दुछेंननी टोलबाट १७६८ ग्राम सुन र उक्त रकम बरामद गरेको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा दार्चुला महाकाली नगरपालिका वडा नं ३ टाँटे बस्ने ४७ वर्षीय गणेश दत्त बडू र आयुष बडू, झापा बिर्तामोडका दिनेश खरेल र भरतराज खरेल छन् ।

त्यस्तै भारत महाराष्ट्रका अमोल बिभुते, ऋषिकेश प्रकाश बिभुते र गणेश सतिश बाल्टे पक्राउ परेका छन् ।


प्रतिक्रिया दिनुहोस्