डा. थपलियालाई टेक्नोलोजी एक्सिलेन्स अवार्ड « Arthapath.com
१६ बैशाख २०८१, आईतवार

डा. थपलियालाई टेक्नोलोजी एक्सिलेन्स अवार्ड



काठमाडौं । ड्यामसोल टेक्नोलोजीद्वारा आयोजित टेक्नोलोजी एक्सिलेन्स अवार्ड कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ ।

नेपाल, भारत, बङ्गलादेश, भुटान र अस्ट्रेलियाका आफ्ना क्षेत्रमा योगदान पु¥याउने विशिष्ट व्यक्तिहरूलाई सम्मान गरिएको थियो ।

नेपालबाट साइबर सेक्युरिटी एक्याडेमिमा उल्लेखनीय योगदान प्रदान गरेका डा. सुमन थपलियालाई ड्यामसोल टेक्नोलोजीद्वारा टेक्नोलोजी एक्सिलेन्सी अवार्डले सम्मान गरिएको हो ।

विगत ८ वर्षदेखि नेपालको साइबर सेक्यिुरीटि क्षेत्रमा उल्लेखनीय योगदान पु¥याउँदै आएका डा. थपलियालाई उक्त अवार्डले सम्मान गरिएको हो । कार्यक्रममा म्युजिक आन्ट्रपेन्र्युर, एक्याडेमिया, सोसियल अफ्यर लगायत विभिन्न विधामा अन्य व्यत्तित्वहरुलाई सम्मान गरिएको थियो ।


प्रतिक्रिया दिनुहोस्