लाभांश प्रस्तावसहित सन लाइफले बोलायो साधारणसभा, बुक क्लोज कहिले ? « Arthapath.com
१७ बैशाख २०८१, सोमबार

लाभांश प्रस्तावसहित सन लाइफले बोलायो साधारणसभा, बुक क्लोज कहिले ?



काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले सातौँ वार्षिक साधारणसभा बोलाएको छ । कम्पनीको साधारणसभा आगामी जेठ ९ गते बिहान १० बजे काठमाडौं कालिकास्थानमा हुनेछ ।

उक्त सभामा कम्पनीको सञ्चाल समितिले प्रस्ताव गरेकाे २३.८० प्रतिशत बोनस सेयर र १.२५२६ प्रतिशत नगद लाभांश (कर प्रयोजनका लागि) गरी कुल २५.०५२६ प्रतिशत लाभांश वितरणको प्रस्ताव पारित गरिनेछ ।

यससँगै बोनस सेयर जारी गर्दा चुक्तापूँजी ३ अर्ब ९६ करोड १६ लाख रुपैयाँ कायम हुने र नपुगे पूँजी कायम गर्न उक्त चुक्तापूँजीको २७ प्रतिशत अर्थात १:०.२७ अनु्पातमा हकप्रद जारी गर्ने र बोनस सेयर र हकप्रद निष्कासन पश्चात कायम अधिकृत,जारी तथा चुक्तापूँजी वृद्धि गर्न स्वीकृती प्रदान गर्ने प्रस्ताव पारित गरिनेछ ।

सभामा कम्पनीको सञ्चालक समितिका तर्फबाट अध्यक्षले प्रस्तुत गर्ने आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिनेछ ।
लेखापरीक्षकको प्रतिवेदन सहितको आर्थिक वर्ष २०७९/८० को वासलात ,नाफा नोक्सान हिसाब, तथा नगद प्रवाह विवरणमाथि छलफल गरी पारित गरिनुका साथै चालु आर्थिक वर्ष २०८०/८१ को लेखापरीक्षणका लागि लेखापरीक्षको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गरिनेछ ।

कम्पनीले आगामी वैशाख २७ गतेका दिन साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ । त्यसैले वैशाख २६ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनी मात्र कम्पनीको प्रस्तावित लाभांश पाउन र सभामा सहभागी हुन पाउनेछन् ।


प्रतिक्रिया दिनुहोस्