छुट्ला है हिम स्टार उर्जाको आईपीओ, आवेदन दिने आज अन्तिम मौका « Arthapath.com
२१ जेष्ठ २०८३, बिहिबार

छुट्ला है हिम स्टार उर्जाको आईपीओ, आवेदन दिने आज अन्तिम मौका



काठमाडाैं । हिम स्टार उर्जा कम्पनी लिमिटेडले असार २४ गतेदेखि सर्वसाधारणका लागि निष्काशन तथा बिक्री खुला गरेको साधारण सेयर (आइपिओमा) मा आवेदन दिने आज (असार २७ गते) अन्तिम दिन हो।

कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको आईपीओ बाँडफाँटपश्चात अब सर्वसाधारणका लागि निष्काशन गरेको हो।

कम्पनीले ३७ करोड ३० लाख रुपैयाँ बराबरको जारी पूँजीको ३० प्रतिशत, अर्थात् ११ लाख १९ हजार कित्ता सेयर निष्काशनको अनुमति पाएको थियो। जसमध्ये आयोजना प्रभावित बासिन्दाका लागि १ लाख ८६ हजार ५०० कित्ता र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि ९३ हजार २५० कित्ता सेयर बाँडफाँट भइसकेको छ।

बाँकी रहेको ७ लाख ७३ हजार ९७५ कित्ता सेयर सर्वसाधारणका लागि खुला गरिएको हो, जसमा १८ हजार ६५० कित्ता कर्मचारीका लागि र ४६ हजार ६२५ कित्ता सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको छ।

सर्वसाधारणले न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सक्नेछन्। यो आईपीओमा आवेदन आजै बन्द हुने भए पनि माग नपुगेमा साउन ६ गतेसम्म अवधि थपिनेछ।


प्रतिक्रिया दिनुहोस्