सवा अर्ब लगानी गर्दै वैदेशिक रोजगार बोर्ड, ब्याजदर प्रस्ताव गर्न आह्वान « Arthapath.com
२१ जेष्ठ २०८३, बिहिबार

सवा अर्ब लगानी गर्दै वैदेशिक रोजगार बोर्ड, ब्याजदर प्रस्ताव गर्न आह्वान



काठमाडाैं । काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गतको वैदेशिक रोजगार बोर्डले मुद्दती निक्षेपमा लगानी गर्न इच्छुक वित्तीय संस्थाहरूलाई सिलबन्दी दरभाउपत्र पेश गर्न आह्वान गरेको छ।

बोर्डको वैदेशिक रोजगार कल्याणकारी कोषको विशेष खाता नं. ११३ मा रहेको रु. १ अर्ब १३ करोड रकमलाई एक वर्षका लागि मुद्दती निक्षेपमा राख्ने उद्देश्यले दरभाउपत्र माग गरिएको हो।

इच्छुक कक्षा ‘ए’ मा सुचीकृत वाणिज्य बैंकहरूले आवश्यक कागजातसहित दरभाउपत्र पेश गर्न सक्नेछन्। तोकिएको मिति र समयपछि प्राप्त हुने दरभाउपत्रहरू स्वीकृत नहुने बाेर्डले स्पष्ट पारेकाे छ ।

दरभाउपत्रसम्बन्धी विस्तृत जानकारी तथा ढाँचाका लागि बोर्डको वेबसाइट www.feb.gov.np मा उल्लेख गरिएको सूचना तथा निर्देशनहरू हेर्न सकिनेछ। दरभाउपत्र पेश गर्नको अन्तिम मिति २०८२ साल श्रावण २९ गते दिउँसो १२:०० बजेसम्म तोकिएको छ। प्राप्त दरभाउपत्रहरू सोही दिन दिउँसो १:३० बजे बोर्डको कार्यालय, बबरमहल, काठमाडौंमा खोलिनेछ।


प्रतिक्रिया दिनुहोस्