राष्ट्रिय वाणिज्य बैंकले साढे २ अर्बको ऋणपत्र निष्कासन गर्ने, अवधि र ब्याजदर कति ? « Arthapath.com
२८ भाद्र २०७९, मंगलवार

राष्ट्रिय वाणिज्य बैंकले साढे २ अर्बको ऋणपत्र निष्कासन गर्ने, अवधि र ब्याजदर कति ?



काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले ऋणपत्र निष्कासन गर्ने भएको छ । बैंकले २ अर्ब ५० करोड रुपैयाँ बराबरको ऋणपत्र निष्काशनका लागि नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ ।

बैंकले २५ लाख कित्ता ऋणपत्र निष्कासन गर्नका लागि भदौ १४ गते बोर्डमा निवेदन पेश गरेको हो । कम्पनीले ७ वर्ष अवधिको वार्षिक १०.५ प्रतिशत ब्याजदरमा ऋणपत्र निष्कासन गर्ने भएको हो ।

बैंकले १० लाख कित्ता सर्वसाधारणका लागि छुट्याएको छ भने १५ लाख कित्ता व्यक्तिगत तबरबाट बिक्री गर्नेछ । बिक्री प्रबन्धकमा सानिमा क्यापिटल लिमिटेड रहेको छ ।

Tags :

प्रतिक्रिया दिनुहोस्