नेपाल एसबीआई बैंकको ऋणपत्रमा आवेदन दिने म्याद थप « Arthapath.com
२२ श्रावण २०८०, सोमबार

नेपाल एसबीआई बैंकको ऋणपत्रमा आवेदन दिने म्याद थप



काठमाडौं । नेपाल एसबीआई बैंकको ऋणपत्रमा आवेदन दिने म्याद थप भएको छ। कम्पनीले तोकेको आवेदन भित्र माग बमोजिम आवेदन नपरेपछि साउन ३२ गतेसम्मका लागि लम्बाएको हो ।

कम्पनीले साउन १८ गतेदेखि २ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्कासन गर्ने लागेको हो । एसबीआईले १० वर्ष अवधिको ‘९ प्रतिशत नेपाल एसबिआई बैंक ऋणपत्र २०८९’ गर्ने छ । बैंकले प्रतिइकाई १ हजार रुपैयाँको दरमा २० लाख इकाई ऋणपत्र जारी गर्न लागेको हो । जस मध्ये १२ लाख इकाई बैंकले आफ्नै पहलमा अन्य संघसंस्थालाई बिक्री गर्ने भएको छ । बाँकी ८ लाख इकाई सर्वसाधारणका लागि खुला हुनेछ । सामूहिक लगानी कोषलाई ५ प्रतिशत अर्थात् ४० हजार इकई ऋणपत्र छुट्याएको छ ।

जसमा वार्षिक ९ प्रतिशत ब्याजदर हुने छ । कम्पनीको बिक्री प्रबन्धकको रुपमा एनएमबि क्यापिटल रहेको छ । ऋणपत्रमा साउन २२ गतेसम्म आवेदन दिन पाइनेछ । इकाईधनीहरुले न्यूनतम २५ इकाईदेखि अधिकतम ८ लाख इकाईसम्म आवेदन दिन सकिनेछ ।


प्रतिक्रिया दिनुहोस्