नेपाल एसबिआई बैंकको ऋणपत्र बाँडफाँट « Arthapath.com
११ भाद्र २०८०, सोमबार

नेपाल एसबिआई बैंकको ऋणपत्र बाँडफाँट



काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडले निष्कासन गरेको ऋणपत्र बाँडफाँट भएको छ । कम्पनीले साउन १८ गतेदेखि ३१ गतेसम्म निष्कासन गरेको ऋणपत्र भदौ १० गते बाँडफाँट गरेको हो ।

बैंकले १० वर्ष अवधिको वार्षिक ९ प्रतिशत ब्याजदर रहेको ‘९ प्रतिशत नेपाल एसबिआई बैंक ऋणपत्र २०८९’ नामको ऋणपत्र निष्कासन गरेको थियो ।

कम्पनीले नेपाल धितोपत्र बोर्डबाट प्रतिकित्ता १ हजार रूपैयाँ अंकित मूल्यको २ अर्ब रुपैयाँ बराबरको २० लाख कित्ता ऋणपत्र निष्कासन गर्न अनुमति पाएको थियो । सर्वसाधारणका लागि छुट्याईएको १२ लाख कित्ता ऋणपत्र खरीदका लागि मागभन्दा बढी आवेदन परेकाले ४८ हजार ३४० कित्ता ऋणपत्र थप गरी व्यक्तिगत तवरबाट आवेदन दिएका आवेदकहरूमा १२ लाख ४८ हजार ३४० कित्ता ऋणपत्र बाँडफाँट गरिएको हो । कम्पनीले कुल १४ लाख १८ हजार ३६६ कित्ता ऋणपत्र बाँडफाँट गरेको छ ।


प्रतिक्रिया दिनुहोस्