सिटिजन बैंकको ऋणपत्र बाँडफाँट « Arthapath.com
१ कार्तिक २०८०, बुधबार

सिटिजन बैंकको ऋणपत्र बाँडफाँट



काठमाडौं । सिटिजन बैंकको ऋणपत्र बाँडफाँट भएको छ । बैंकले गत असोज १७ गतेदेखि २२ गतेसम्म ‘१० प्रतिशत सिटिजन्स बैंक डिबेन्चर २०९०’ ऋणपत्र निष्काशन गरेको थियो । मंगलबार सोही ऋणपत्र बाँडफाँट गरेको हो ।

बैंकले १० वर्ष अवधिको १० प्रतिशत ब्याजदर भएको निष्काशन गरेको थियो । बैंकले प्रतिऋणपत्र १ हजार अंकित मूल्यका ३० लाख कित्ता ऋणपत्र निष्काशन गरेको थियो।

सोमध्ये ६० प्रतिशत अर्थात १८ लाख कित्ता ऋणपत्रले हुन आउने १ अर्ब ८० करोड रुपैयाँ बराबरको ऋणपत्र व्यक्तिगत तवरबाट र बाँकी ४० प्रतिशतले हुन आउने १ अर्ब २० करोड रुपैयाँ बराबरको ऋणपत्र सर्वसाधारणमा बिक्री गरेको थियो ।

ऋणपत्रको नतिजा हिमालयन क्यापिटलको वेबसाइट तथा सिडिएस एण्ड क्लियरिङ्गले सञ्चालन गरेको वेबसाइटबाट हेर्न सकिने छ । बैंकको ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धक हिमालयन क्यापिटल लिमिटेड रहेको छ ।


प्रतिक्रिया दिनुहोस्