छुट्ला है, यी ५ कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका
काठमाडौं । आज (पुस ९ गते, मंगलबार) विभिन्न ५ कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। माउन्टेन इनर्जी नेपाल, कुथेली बुखरी स्मल हाइड्रोपावर, मञ्जुश्री फाइनान्स, आरएसडिसी लघुवित्त र मिथिला लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन हो।
यी कम्पनीले साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ यी कम्पनीहरुले पुस ११ गते बुकक्लोज गर्दैछन्। पुस १० गते क्रिसमसको सार्वजनिक बिदा भएका कारण नेप्सेमा आजसम्म कारोबार भइ कायम सेयरधनीहरुले यी कम्पनीहरुको साधारणसभामा भाग लिन र यी कम्पनीहरुले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन् ।
माउन्टेन इनर्जी नेपालले गत आर्थिक वर्षका लागि हाल कायम चुक्ता पूँजीको १५ प्रतिशतका दरले बोनस सेयर र सोको कर प्रयोजनार्थ ०.७८९५ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ । उक्त प्रस्ताव पारित गर्न पुस २८ गते, आइतबार, अम्रपाली ब्याङ्क्वेट केटरिङ्ग एण्ड इभेन्ट्स, भाटभटेनी, काठमाडौँमा एघारौँ वार्षिक साधारणसभा बोलाएको छ।
कुथेली बुखरी स्मल हाइड्रोपावरले गत आर्थिक वर्षका लागि हाल कायम चुक्ता पूँजीको १० प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.५२६३ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ । जसको लागि पुस २७ गते, शनिबार, काठमाडौँ प्रा.लि., थापागाउँ, नयाँ बानेश्वरमा १३ औँ वार्षिक साधारणसभा बोलाएको छ।
मञ्जुश्री फाइनान्सले गत आर्थिक वर्षका लागि हाल कायम चुक्ता पूँजीको ६.३५ प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्दैछ । उक्त लाभांश पारित गर्न पुस २८ गते, आइतबार, थापागाउँ ब्याङ्क्वेट, थापागाउँ, नयाँबानेश्वर, काठमाडौँमा १७ औँ वार्षिक साधारणसभा डाकेको छ।
त्यस्तै, आरएसडिसी लघुवित्तले हाल कायम चुक्ता पूँजीको ९.५० प्रतिशत बोनस सेयर र सोको कर प्रयोजनार्थ ०.५० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । सो प्रस्ताव पारित गर्न पुस २९ गते, सोमबार, वेष्टर्न एशियन होटल प्रा. लि., बुटवल, रुपन्देहीमा एघारौँ वार्षिक साधारण सभा बोलाएको छ।
मिथिला लघुवित्तले हाल कायम चुक्ता पूँजीको १४.२५ प्रतिशतका दरले बोनस सेयर र सोको कर प्रयोजनार्थसहित ०.७५ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्न पुस २८ गते आइतबार, कोमल होटल प्रा.लि.को सभाहल, मिथिला नगरपालिका ६, ढल्केबर, धनुषामा १६ औँ वार्षिक साधारणसभा बोलाएको छ।













