तीन बैंकसहित ७ कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन, कसले कति दिँदैछन् बोनस र नगद ? « Arthapath.com
२ श्रावण २०८३, शनिबार

तीन बैंकसहित ७ कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन, कसले कति दिँदैछन् बोनस र नगद ?



काठमाडौं । आज एकैदिन आधा दर्जन कम्पनीहरुको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ । उक्त दिन तीन बैंकसहित ७ वटा कम्पनीहरुको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन हो ।

कृषि विकास बैंक, महालक्ष्मी विकास बैंक, मितेरी डेभलपमेन्ट बैंक, छिमेक लघुवित्त, जीवन विकास, आत्मनिर्भर र चिलिमे हाइड्रोपावरको लाभांश सुरक्षित गर्ने अन्तिम मौका रहेको छ ।

कृषि विकास बैंकले यो वर्ष आफ्ना सेयरधनीलाई चुक्ता पूँजीको ३ प्रतिशत बोनस सेयर र सोको कर प्रयोजनार्थसहित ७.५३ प्रतिशत नगद लाभांश दिने भएको छ । यस्तै, अविमोच्य असंचित अग्राधिकार सेयरधनीहरुलाई ६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । सो प्रस्ताव पारित गर्न बैंकले पुस २९ गते १८ औँ वार्षिक साधारण सभा बोलाएको छ ।

यस्तै, मितेरी डेभलपमेन्ट बैंकले भने ९.५०७९ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.५००४ प्रतिशत नगद लाभांश दिने भएको छ । प्रस्तावित लाभांश पारित गर्न बैंकले आगामी पुस २७ गते १९औँ वार्षिक साधारण सभा डाकेको छ । यता, महालक्ष्मी विकास बैंकले पनि हाल कायम चुक्ता पूँजीको ३ प्रतिशत बोनस सेयर र सोको कर प्रयोजनार्थसहित ४ प्रतिशत नगद लाभांश दिने भएको छ । बैंकले आउँदो पुस २९ गते २३ औँ वार्षिक साधारण सभा बोलाएको छ ।

यस्तै, गत आर्थिक वर्षको मुनाफाबाट छिमेक लघुवित्तले ८ प्रतिशत बोनस सेयर र ७ प्रतिशत नगद (कर प्रयोजनसहित), आत्मनिर्भर लघुवित्तले १५ प्रतिशत (१४.२५ प्रतिशत बोनस र कर प्रयोजनका लागि ०.७५ प्रतिशत नगद), जीव्न विकासले १४ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.७३६८ प्रतिशत नगद लाभांश दिने भएको छ । यी तीनै वटा कम्पनीले प्रस्तावित लाभांश पारित गर्नका लागि क्रमशः पुस २९ गते, पुस २९ गते र पुस २८ गते साधारण सभा बोलाएका छन् ।

यता, यो वर्ष चिलिमे हाइड्रोपावर कम्पनीले १२ प्रतिशत लाभांश दिने भएको छ । गत आर्थिक वर्षको मुनाफाबाट कम्पनीले आफ्ना सेयरधनीलाई १० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि २ प्रतिशत नगद लाभांश दिने भएको हो । उक्त प्रस्तावित लाभांश पारित गर्न कम्पनीले पुस २८ गते साधारण सभा बोलाएको छ ।


प्रतिक्रिया दिनुहोस्