छुट्ला है तीन कम्पनीको लाभांश, सुरक्षित गर्ने आज अन्तिम मौका
काठमाडौं । बुधवार तीन कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ । उक्त दिन गरिमा विकास बैंक, नेपाल टेलिकम र बुटवल पावर कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ।
यी तीनै वटा कम्पनीहरुले साधारण सभा तथा लाभांश प्रयोजनका लागि भोलि अर्थात् पुस १८ गते बुक क्लोज गर्दैछन् ।
त्यसकारण आजसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरुले ती कम्पनीको साधारण सभा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।
यो वर्ष गरिमा विकास बैंकले आफ्ना सेयरधनीलाई हाल कायम चुक्ता पूँजीको ५ प्रतिशतका दरले नगद लाभांश दिने प्रस्ताव गरेको छ। सो प्रस्ताव पारित गर्न बैंकले पुस २९ गते सोमबार वार्षिक साधारण सभा बोलाएको छ ।
यस्तै, नेपाल टेलिकमले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीलाई प्रतिकित्ता ३० रुपैयाँका दरले नगद लाभांश दिने प्रस्ताव गरेको छ । सो प्रस्ताव पारित गर्न पुस २८ गते साधारण सभा बोलाएको छ ।
यता, बुटवल पावर कम्पनीले पनि चुक्ता पूँजीको ५ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।
सो प्रस्ताव पारित गर्न कम्पनीले पुस २८ गते साधारण सभा डाकेको छ ।













