नागरिक लगानी कोषको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका « Arthapath.com
२ श्रावण २०८३, शनिबार

नागरिक लगानी कोषको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका



काठमाडौं । नागरिक लगानी कोषको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ। कम्पनीले साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ भोली अर्थात पुस २२ गते बुकक्लोज गर्दैछ।

त्यसैले आजसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले मात्र कम्पनीको साधारणसभामा भाग लिन र कम्पनीले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।

कम्पनीको ३० औँ वार्षिक साधारणसभा पुस २९ गते, सोमबार, केन्द्रीय कार्यालय, सिआईटी बिल्डिङ, नयाँ बानेश्वर, काठमाडौँमा हुनेछ। सभाले हाल कायम चुक्ता पूँजीको ७ प्रतिशत बोनस सेयर र ६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ।

यसका साथै सभाले साधारणसभाको निर्णय पुस्तिकामा हस्ताक्षर गर्न सेयरधनीहरु तथा सञ्चालकहरुको तर्फबाट एक एक जना प्रतिनिधि नियुक्त गर्ने प्रस्ताव पनि पारित गर्नेछ।


प्रतिक्रिया दिनुहोस्