१२७ गुणा बढीले समाज लघुवित्तको आइपीओमा आवेदन दिए « Arthapath.com
७ भाद्र २०७७, आईतवार

१२७ गुणा बढीले समाज लघुवित्तको आइपीओमा आवेदन दिए



काठमाडौं । समाज लघुवित्तको आइपीओमा आइतबारसम्ममा १२७. ७३ गुणा बढी आवेदन परेको छ । कम्पनिको आईपीओमा ४ लाख ८५ हजार ४८३ वटा आवेदनबाट १ करोड ३ लाख ८ हजार ४५० कित्ता शेयर खरिदको लागि आवेदन परेको छ ।

कम्पनिले विहीबारदेखि प्रतिकित्ता १०० अंकित दरमा ८६ हजार कित्ता साधारण शेयर निष्काशन गरेको थियो । यसमध्ये १ हजार कित्ता अर्थात जारी पूँजीको ५ प्रतिशत शेयर कर्मचारीहरुका लागि र कुल निष्काशनको ५ प्रतिशत अर्थात ४ हजार ३०० कित्ता शेयर सामूहिक लगानी कोषका लागि छुट्याएको छ । सर्वसाधारणले बाँकी ८० हजार ७०० कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

इच्छुक लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतममा ५ हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । निष्काशन बन्द छिटोमा भदौ ८ गते हुने छ । लघुवित्तको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ ।


प्रतिक्रिया दिनुहोस्