नारायणी डेभलपमेन्ट बैंकले १ सय प्रतिशत हकप्रद सेयर निष्कासन गर्दै « Arthapath.com
५ मंसिर २०७७, शुक्रबार

नारायणी डेभलपमेन्ट बैंकले १ सय प्रतिशत हकप्रद सेयर निष्कासन गर्दै



काठमाडौं । नारायणी डेभलपमेन्ट बैंकले १०० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने भएको छ । बैंकले आफ्नो चुक्ता पुँजी बढाउनको लागि शतप्रतिशत हकप्रद सेयर निष्काशन गर्न लागेको हो ।

बैंकले ६ लाख ५६ हजार १६९ कित्ता हकप्रद सेयर निष्कासन गर्न नेपाल धितोपत्र बोर्डसँग अनुमति माग गरेको छ ।

हकप्रद सेयर निष्कासन तथा बिक्री प्रवन्धकको जिम्मेवारी ग्लोबल आइएमई क्यापिटलले पाएको छ । कम्पनीको हकप्रद निष्कासनपछि चुक्ता पुँजी १३ करोड १२ लाख ३४ ह्जार रुपैयाँ पुग्ने छ ।


प्रतिक्रिया दिनुहोस्