दशैँमा धेरै खर्च नगर्नुहोस्, डिस होमदेखी रिलायवल लाइफसम्मको सेयर आउने « Arthapath.com
२८ आश्विन २०७८, बिहीबार

दशैँमा धेरै खर्च नगर्नुहोस्, डिस होमदेखी रिलायवल लाइफसम्मको सेयर आउने



काठमाडौं । नेपालीहरुको महान चाड दशैँ चलिरहेको छ । दशैँ भन्नेवित्तिकै खाने रमाउने परम्परा छ । दशैँमा फजुल खर्च गर्दै हुनुहुन्छ भने विचार गर्नुहोस् । दशैँ पछाडी यी कम्पनीको आईपिओको लागी रकम आईपिओको लागि छुट्याएर राख्न उपयुक्त हुने छ ।

फुलपातीदेखी बन्द रहेको सेयर बजार आइतबार खुल्ने छ । सेयर बजारमा दशैँलगत्तै २१ कम्पनीको आइपिओ निष्कासन हुने भएको छ । विभिन्न २१ कम्पनीको आइपिओ निष्कासनको लागी पाइपलाइनमा रहेका छन ।

आईपिओ निष्कासनको लागी २१ कम्पनी नेपाल धितोपत्र बोर्डको अनुमतीको पर्खाइमा रहेका छन । सेयर बजारमा ५ अर्ब ९४ करोड ७२ लाख ८९ हजार ४ सय रुपैयाँ बराबरको आईपिओ निष्काशनको लागि नियामक निकाय धितोपत्र बोर्डमा वेटिङमा रहेका छन् ।

कुन कुन कम्पनीको आउँदैछ आईपिओ ?

रलायबल लाइफ इन्स्योरेन्सको १ अर्ब २७ करोड ७२ लाख ६० लाख कित्ता (प्रिमियम समेत थपेर प्रति कित्ता २१२ रुपैयाँमा), आइएमई लाइफ इन्स्योरेन्सको ६० करोडले हुन आउने ६० लाख कित्ता, दोर्दी खोला हाइड्रोको २९ करोड ५१ लाख ९२ हजार ९ सय बराबरको २९ लाख ५१ हजार ९ सय २९ कित्ता, अपर सोलु हाइड्रोको ३३ करोड ७ लाख ५० हजार बराबरको ३३ लाख ७ हजार ५ सय कित्ता

डिश होमको २३ करोड ८५ लाख ९२ हजार ९ सय बराबरको २३ लाख ८५ हजार ९ सय २९ कित्ता (बुक विल्डिंग विधिबाट आउने सम्भावना), अपर हेवाखोला हाइड्रोको २० करोड बराबरको २० लाख कित्ता, बिन्धवासिनी हाइड्रोको २५ करोड बराबरको २५ लाख कित्ता, हिमालयन हाइड्रोको २२ करोड ५० लाख बराबरको २२ लाख ५० हजार कित्ता

सयपत्री हाइड्रोको ९ करोड बराबरको ९ लाख कित्ता, इमार्जिंग नेपाल लिमिटेडको ५ करोड ५५ लाख ६० हजार रकम बराबरको ५ लाख ५५ हजार ६ सय कित्ता, जाल्पा सामुदायिक लघुवित्तको ५ करोड २२ लाख बराबरको ५ लाख २२ हजार कित्ता, राष्ट्र उत्थान लघुवित्तको ८ करोड ५० लाख बराबरको ८ लकः ५० हजार कित्ता, मोलुंग हाइड्रोको ३५ करोड ३१ लाख बराबरको ३५ लाख ३१ हजार कित्ता, पुकार लघुवित्तको २ करोड ६६ लाख २५ हजार बराबरको २ लाख ६६ हजार २ सय ५० कित्ता, रिभर फल्स पावरको ३४ करोड ३० लाख बराबरको ३४ लाख ३० हजार कित्ता, थ्री स्टार हाइड्रोको १२ करोड ३१ लाख २५ हजार बराबरको १२ लाख ३१ हजार २ सय ५० कित्ता, राप्ती हाइड्रो एण्ड जनरल कन्सट्रक्सनको २९ करोड ४१ लाख ४१ हजार बराबरको २९ लाख ४१ हजार ४ सय १० कित्ता, सीवाईसी नेपाल लघुवित्तको ३ करोड ९५ लाख ३३ हजार ६ सय बराबरको ३ लाख ९५ हजार ३ सय ३६ कित्ता

बलेफी हाइड्रोको ३६ करोड ५५ लाख ९४ हजार बराबरको ३६ लाख ५५ हजार ९ सय ४० कित्ता, ग्रिन भेन्चर्स लिमिटेडको ६२ करोड ५० लाख बराबरको ६२ लाख ५० हजार कित्ता, नेस्ड़ो सम्बृद्ध लघुवित्तको ८ करोड २८ लाख ७५ हजार बर्बर्को ८ लाख २८ हजार ७ सय ५० कित्ता


प्रतिक्रिया दिनुहोस्