सिटि होटलले आईपीओ निष्काशन गर्ने, विक्री प्रबन्धकमा ग्लोबल आईएमई क्यापीटल नियुक्त
काठमाडौ. । सिटी होटलले सर्वसाधारणका लागि प्राथमिक शेयर आईपीओ निष्काशन गर्ने भएको छ । होटलले शेयर निष्काशन तथा विक्री प्रबन्धकमा ग्लोबल आईएमई क्यापीटल नियुक्त गरेको छ । होटलले हाल कायम चुक्ता पुजीको १० प्रतिशतका दरले १ सय रुपैयाँं अंकित शेयर निष्काशन गर्ने छ ।
उक्त सम्झौता पत्रमा होटलका अध्यक्ष अक्षाय गोल्याण र क्यापीटलका तर्फबाट प्रमुख कार्यकारी अधिकुत पारस मणि अधिकारीले हस्ताक्षर गरेका छन् ।
होटल सिटिले कात्तिक १५ गतेबाट पाँच तारे होटल हायात प्लेस संचालनमा ल्याएको छ ।













