दुई कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन « Arthapath.com
९ मंसिर २०७८, बिहीबार

दुई कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन



काठमाडौ । दुई कम्पनिको लाभांश सुरक्षि गर्ने आज अन्तिम दिन हो । बैंक अफ काठमाण्डू र प्राइम लाईफ इन्स्योरेन्सको आजसम्म नेप्सेमा कारोभएका शेयरधनीहरुले प्रस्तावित लाभांश पाउने छन् ।

लाभांश वितरण, साधारण सभा प्रयोजको लागि दुबै कम्पनिले भोली बुक क्लोज गर्ने छन । तसर्थ आजसम्म नेप्सेमा कारोबार भएका शेयरधनीहरुले प्रस्तावित लाभांश पाउने छन ।

प्राइम लाईफा इन्स्योरेन्सले गत आर्थिक वर्षको मुनाफाबाट १५ प्रतिशत बोनश शेयर र कर प्रयोजनको लागि ०.८७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । त्यसैगरी बैंक अफ काठमाण्डे शेयरधनीलाई १० प्रतिशत बोनस शेयर र सो को कर प्रयोजनको लागि ४ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

प्रस्तावित लाभांश तथा अन्य प्रस्ताव पारीत गर्न इनस्योरेनसले मंसिर १९ गते १४ औं वार्षिक साधारण सभा डाकेको छ । त्यसैगरि बैंकले मंसिर २९ गते साधारण सभा गर्ने छ । सभाले प्रस्तावित लाभांश तथा अन्य प्रस्तावहरु पारीत गर्ने छ ।


प्रतिक्रिया दिनुहोस्