३ कम्पनिको शेयरमूल्य समायोजन, कुनको कति ? « Arthapath.com
२ श्रावण २०८३, शनिबार

३ कम्पनिको शेयरमूल्य समायोजन, कुनको कति ?



कठमाडौं । आज शुक्रबार ३ कम्पनिको शेयरमुल्य समायोजन भएको छ । आज नेप्सेमा स्ट्याण्डर्ड चार्टड, बैंक अफ काठमाण्डू र प्राइम लाइफ इन्स्योरेन्सको शेयरमूल्य समायोजन भएको हो ।

लाभांश वितरण तथा साधारण सभा प्रयोजनको लागि ३ ओटै कम्पनिले हिजो बिहिबार बुकक्लोज गरेसंगै नेप्सेले शेयरमुल्य समायोजन गरेको हो ।

स्ट्याण्डर्ड चार्टर्ड बैंकको ४८६.४५ रुपैयाँ समायोजित मुलय तोकिएको छ । हिजो बैंकको ५३५.१० रुपैयाँमा अन्तिम कारोबार भएको थियो । प्राइम लाईफ इन्स्योरेन्सको ७५६।५२ र बैंक अफ काठमाण्डूको ३१० रुपैयाँ तोकिएको छ ।

हिजो प्राइम लाईफको ८७० र बैंक अफ काठमाण्डूको प्रतिकित्ता ३४१ रुपैयाँमा अन्तितम कारोबार भएको थियो ।

स्ट्याण्डर्ड चार्टर्ड बैंकको १० प्रतिशत, बैंक अफ काठमाण्डूको १० प्रतिशत र प्राइम लाइफको १५ प्रतिशत बोनस समायोजनपछि नेप्सेले समायोजित मूल्य तोकेको हो ।


प्रतिक्रिया दिनुहोस्