पिपुल्स पावरले ३० करोडको आईपीओ निष्कासन गर्न नेपाल धितोपत्र बोर्डसँग माग्यो अनुमति « Arthapath.com
३० पुष २०७८, शुक्रबार

पिपुल्स पावरले ३० करोडको आईपीओ निष्कासन गर्न नेपाल धितोपत्र बोर्डसँग माग्यो अनुमति



काठमाडौं । पिपुल्स पावर लिमिटेडले आईपीओ निष्कासन गर्नका लागि बोर्डमा आवेदन दिएको छ । नियामक निकाय नेपाल धितोपत्र बोर्डमा कम्पनिले आईपीओ निष्काशन गर्नको लागि निवेदन दिएको हो ।

बोर्डका अनुसार कम्पनिले ३० करोड ९९ लाख रुपैयाँ बराबरको ३० लाख ९९ हजार ७ सय ४० कित्ता आईपीओ निष्काशनको लागि निवेदन दिएको छ ।

कम्पनिको शेयर निष्काशन तथा विक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ ।


प्रतिक्रिया दिनुहोस्