बरुण हाइड्रोपावरले स्थगित साधारण सभा बोलायो, शतप्रतिशत हकप्रद जारी गर्ने « Arthapath.com
४ माघ २०७८, मंगलवार

बरुण हाइड्रोपावरले स्थगित साधारण सभा बोलायो, शतप्रतिशत हकप्रद जारी गर्ने



काठमाडौं । बरुण हाइड्रोपावरले स्थगित साधारण सभा डाकेको छ । कम्पनिले माघ १२ गते स्थगित १८ औं वार्षिक साधारण सभा डाकेको हो । साधारण सभाले हाल कायम चुक्ता पुजीको शतप्रतिशत अर्थात १ः१ अनुपातमा हकप्रद सेयर जारी गर्ने प्रस्ताव पारित गर्नेछ ।

साधारण सभा तथा हकप्रद शेयर निष्काशनको लागि कम्पनीले गत पुस १६ गते बुकक्लोज गरेको थियो । तसर्थ पुस १५ गतेसम्म कायम भएका शेयरधनीहरुले प्रस्तावित लाभांश पाउने छन् ।

कोरोना महामारीका कारण साधारण सभा भर्चुअल माध्यमबाट अनामनगरस्थित कम्पनीको रिजस्टर्ड कार्यालयमा बिहान ९ बजबाट हुने कम्पनिले जनाएको छ । यसअघि पुस २९ गते बोलायको साधारण सभा गणपुरक संख्या नपुगेपछि स्थगित भएको थियो ।


प्रतिक्रिया दिनुहोस्