एचआईडीसीएलले ३ करोड ३० लाख कित्ता शेयर फागुन १ गतेदेखि बिक्री खुला गर्ने, प्रतिकित्ता कति छ मूल्य ? « Arthapath.com
२३ माघ २०७८, आईतवार

एचआईडीसीएलले ३ करोड ३० लाख कित्ता शेयर फागुन १ गतेदेखि बिक्री खुला गर्ने, प्रतिकित्ता कति छ मूल्य ?



काठमाडौं । हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडीसीएल) ले शेयर बिक्री गर्ने भएको छ । कम्पनीले यसअघि बिक्री नभएको शेयर पुनः लिलाम बढाबढ गरी बिक्री गर्ने भएको हो । कम्नीले ३ करोड ३० लाख कित्ता शेयर फागुन १ गतेदेखि निष्काशन तथा बिक्री खुल्ला गर्ने भएको हो ।

कम्पनीको माघ २० गते, बिहीबार बसेको सञ्चालक समितिको बैठकले जारी गरेको हकप्रद शेयरमध्ये संस्थापक समूह अन्तर्गत बिक्री नभएको ३ करोड ३० लाख कित्ता शेयर लिलाम बढाबढ गरी बिक्री गर्ने भएको हो ।

कम्पनीको उक्त शेयरमा फागुन १ गतेदेखि फागुन १५ गतेसम्म शिलबन्दी बोलपत्र पेश गर्नुपर्ने छ । कम्पनीको उक्त शेयरको न्यूनतम मूल्य प्रतिसेयर १ सय रूपैयाँ तोकिएको छ भने बोलपत्र पेश गर्दा सो वा सो भन्दा बढी मूल्य अंकित गरी आवेदन दिन सकिनेछ ।

कम्पनीको शेयरमा लगानीकर्ताले न्युनतम १ सय कित्ता र अधिकतममा सम्पूर्ण शेयरका लागि आवेदन दिन सक्नेछन् । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ ।

कम्पनीको शेयरमा ग्लोबल आइएमई क्यापिटलको कार्यालय, नक्साल, काठमाडौँ ग्लोबल आइएमई बैंकका शाखा कार्यालयहरू विर्तामोड, हनुमानदास रोड विराटनगर, जनकपुर, आदर्शनगर विरगञ्ज, हेटौँडा, नारायणगढ, न्यूरोड पोखरा, बुटवल(मिलनचोक, बाग्लुङ्ग, नेपालगञ्ज(त्रिभुवन चोक, सुर्खेत, घोराही दाङ, धनगढी र महेन्द्रनगर शाखा बाट आवेदन दिन सकिनेछ ।


प्रतिक्रिया दिनुहोस्