प्रतिकित्ता १६० रुपैयाँमा सनराइज बैंकको शेयर बिक्रीमा « Arthapath.com
१८ बैशाख २०७९, आईतवार

प्रतिकित्ता १६० रुपैयाँमा सनराइज बैंकको शेयर बिक्रीमा



काठमाडौं । सनराइज बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैकले संस्थापक समूह तर्फको १ लाख १० हजार २५७ कित्ता संस्थापक शेयर बिक्री गर्ने लागेको हो ।

उक्त शेयरको न्यूनतम मूल्य प्रतिकित्ता १६० रुपैयाँ तोकिएको हुदाँ आवेदन दिदा सो वा सोभन्दा बढी मूल्य अंकित गरि आवेदन दिन सकिनेछ ।

बैंकका संस्थापक शेयरधनी निर्मल प्रधानले आफ्नो नाममा रहेको शेयर बिक्रीका लागि आवेदन दिए बमोजिम संचालक समितिले बिक्री प्रक्रिया अगाडि बढाएको हो । बिक्रीमा ल्याएको उक्त शेयर खरिद गर्ने चाहने इच्छुक विद्यमान संस्थापक शेयरधनीहरुले आवश्यक कागजात संकलन गरि सूचना प्रकाशित भएको मिति (बैशाख १८ गते) ले ३५ दिन भित्र बैंकको प्रधान कार्यालय गैह्रिधारा स्थित शेयर रजिष्ट्रार विभागमा आवेदन दिन सकिनेछ ।

साथै, तोकिएको अवधि भित्र शेयर खरिदका लागि विद्यमान संस्थापक शेयरधनीहरुबाट कुनै पनि आवेदन नआएको खण्डमा उक्त शेयर अन्य ब्यक्ति तथा संघ सस्थालाई बिक्री प्रक्रिया अगाडि बढाउने कम्पनीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्