नेप्से १८.६४ अकंले घट्दा कारोबार २ अर्ब ३२ करोड, ११ उपसूचक राताम्य « Arthapath.com
२९ बैशाख २०७९, बिहीबार

नेप्से १८.६४ अकंले घट्दा कारोबार २ अर्ब ३२ करोड, ११ उपसूचक राताम्य



काठमाडौं । साताको अन्तिम कारोबारको दिन नेप्से ओरालो लागेको छ । नेप्से १८.६४ अकंले घटेर २३५०.४२ बिन्दुमा बन्द भएको छ । साताको चौथो दिन पनि नेप्से उकालो लागेको छ । बुधबार नेप्से ५६.०६ प्रतिशतले बढेर २३६९.०६ प्रतिशतले बढेको थियो ।

आज पूँजी बजारमा नेप्सेमा सूचीकृत २८८ कम्पनीको ५२ लाख २७ हजार ३५९ कित्ता शेयर किनेबच हुदाँ २ अर्ब ३२ करोड ८४ लाख ३४ हजार २७२ रुपैयाँको कारोबार भएको छ । अघिल्लो कारोबारको दिन पूँजी बजारमा नेप्सेमा सूचीकृत २२९ कम्पनीको ५३ लाख ३३ हजार १०९ कित्ता शेयर किनबेच हुदाँ २ अर्ब १६ करोड ३९ लाख ९० हजार ७४३ रुपैयाँको कारोबार भएको थियो ।

आज २ उपसूचक मात्र हरियाली भएको छ । बिहिबार म्यानुफ्याक्ट्ररिङ एण्ड प्रोसेसिङ समूहको १.४६ प्रतिशत र अन्य समूहको ०.४१ प्रतिशतले शेयर मूल्य बढेको हो । त्यस्तै, आज घट्नेमा बैंकिङ समूहको ०.११ प्रतिशत, ब्यापार समूहको १.४१ प्रतिशत, होटल तथा पर्यटन समूहको १.१५ प्रतिशत, विकास बैंक समूहको २.१४ प्रतिशत, हाइड्रोपावर समूहको १.९५ प्रतिशत, फाइनान्स समूहको ०.५६ प्रतिशत, निर्जीवन बीमा समूहको ०.८ प्रतिशत, माइक्रोफाइनान्सको १.५३ प्रतिशत, जीवन बीमा समूहको २.१२ प्रतिशत, म्युचुअल फण्ड समूहको १.१६ प्रतिशत र इन्भेष्टमेन्ट समूहको १.७६ प्रतिशतले शेयर मूल्य घटेको हो ।


प्रतिक्रिया दिनुहोस्