नेप्सेमा एक कम्पनीको १० प्रतिशत बोनस शेयर सूचीकृत « Arthapath.com
४ जेष्ठ २०७९, बुधबार

नेप्सेमा एक कम्पनीको १० प्रतिशत बोनस शेयर सूचीकृत



काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा एक कम्पनीको बोनस शेयर सूचीकृत भएको छ । बुधबार ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडलेको बोनस शेयर सूचीकृत भएको हो ।

कम्पनीको १० प्रतिशत बोनस शेयर वापतको २२ लाख कित्ता बोनस शेयर दोस्रो बजारमा सूचीकृत गराएको हो । अब यो बोनस शेयर हितग्राही खातामा आएपछि शेयरधनीले खरिद बिक्री गर्न सक्नेछन् ।

कम्पनीको गत फागुन ६ गते सम्पन्न भएको वार्षिक साधारण सभाले १० प्रतिशत बोनस शेयर वितरण गरेको थियो ।


प्रतिक्रिया दिनुहोस्