‘ग्लोबल आइएमई ब्यालेन्स्ड फन्ड–१’ बुधबार बाँडफाँट हुँदै « Arthapath.com
१० श्रावण २०७९, मंगलवार

‘ग्लोबल आइएमई ब्यालेन्स्ड फन्ड–१’ बुधबार बाँडफाँट हुँदै



काठमाडौं । ग्लोबल आइएमई क्यापिटलले असार २२ गतेदेखि सर्वसाधारणमा निष्काशन गरेको ’ग्लोबल आइएमई ब्यालेन्स्ड फन्ड–१’ बुधबार (साउन ११ गते) बाँडफाँट गर्ने भएको छ । क्यापिटलको कार्यालय लक्ष्मण बाबु भवन नक्साल काठमाडौमा बिहान ९ बजे बाँडफाँट हुने भएको हो ।

कोष प्रवर्द्धक ग्लोबल आइएमई बैंक र आकर्षक प्रतिफल दिन सफल ग्लोबल आइएमई समुन्नत योजना १ सञ्चालन गरिरहेको योजना व्यवस्थापक ग्लोबल आइएमई क्यापिटल रहेको फण्डले प्रतिइकाई १० रूपैयाँ मूल्य अंकित दरमा १ अर्ब २० करोड रुपैयाँ बराबरको १२ करोड इकाई निष्कासन गरेकोमा सो इकाई भोलि बाँडफाँट गर्ने लागेको हो ।

गत वर्ष ग्लोवल आइएमई समुन्नत योजना १ सञ्चालन गरेर सत प्रतिसत लाभांस दिएको ग्लोवल आइएमई क्यापिटलले अर्को फण्ड निष्काशन गरेको थियो ।


प्रतिक्रिया दिनुहोस्