पिपुल्स पावरको आईपीओमा ८१ करोड रुपैयाँ संकलन, कति पर्यो आवेदन ? « Arthapath.com
१ भाद्र २०७९, बुधबार

पिपुल्स पावरको आईपीओमा ८१ करोड रुपैयाँ संकलन, कति पर्यो आवेदन ?



काठमाडौं । पिपुल्स पावर लिमिटेडले आईपीओ ८१ करोड रुपैयाँ संकलन भएको छ । सीडीएसका अनुसार आज (भदौ १ गते) साँझ ५ बजेसम्ममा ७ लाख १२ हजार २४ जनाले ८१ लाख ९६ हजार २५० कित्ताका लागि आवेदन दिएका छन् । जुन माग भन्दा ३.५७ गुणा बढी आवेदन हो ।

कम्पनीले साउन ३१ गतेदेखि प्रतिकित्ता १०० अंकित मूल्यका २४ लाख ६७ हजार ४०० कित्ता शेयर निष्कासन गरेको हो । जसमध्ये ४९ हजार ३४८ कित्ता शेयर कम्पनीका कर्मचारीहरुका लागि, १ लाख २३ हजार ३७० कित्ता शेयर सामूहिक लगानी कोषहरुमा सुरक्षित गरिएको छ भने बाँकी रहेको २२ लाख ९४ हजार ६८२ कित्ता शेयरका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्तासम्म आवेदन दिन सक्नेछन् ।

आईपीओमा भदौ ५ गतेसम्म आवेदन दिन सकिनेछ । उक्त मितिसम्म माग बमोजिम आवेदन नपरेमा भदौ १४ गतेसम्म थप हुनेछ ।लगानीकर्ताले मेरो शेयर वेवसाइट र एपमार्फत आवेदन दिन सक्नेछन् । यसका साथै, नेपाल धितोपत्र बोर्डबाट अनुमति लिइ सी–आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरुबाट आवेदन दिन सक्नेछन् ।

कम्पनीको शेयर निष्कासन तथा विक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ ।कम्पनीले इलाम जिल्लाको इलाम नगरपालिका वडा नं। १ र ४ मा पुवा खोलाको पानीबाट ४ दशमलव ९६ मेगावाट क्षमताको विद्युत आयोजना निर्माण गर्न आईपीओ निष्कासन गर्न लागेको हो । उक्त आयोजना निर्माण गर्नको लागि कम्पनीको हालको अनुमानित लागत रू। ९६ अर्ब ६ करोड रहेको छ भने प्रतिमेगावाट लागत क्षमता रू। १९ करोड १६ लाख अनुमान गरिएको छ । कम्पनीको आर्थिक वर्ष २०७८र७९ मा प्रतिशेयर आम्दानी रू। शून्य दशमलव ४६ थियो भने प्रतिशेयर नेटवर्थ रू।९७ दशमलव ९७ रहेको थियो ।


प्रतिक्रिया दिनुहोस्