सेयर बजारमा लगातार गिरावट, १ अर्ब पनि पुगेन कारोबार रकम

काठमाडौं । बुधवार पनि सेयर बजारमा गिरावट आएको छ । उक्त दिन बजार ११.९७ अंकले घटेको हो । साताको चौंथो कारोबार दिन बजार परिसुचक १९३९.८८ अंकको बिन्दुमा पुगेर बन्द भएको छ ।
उक्त दिन कारोबार रकमा पनि भारी गिरावट आएको छ । आज ८२ करोड ६२ लाख ३० हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।
उक्त दिन म्युचुअल फण्ड ०.११ अंकले वृद्धि भएको भने बाँकी सबै समूहहरु राताम्मे बनेका छन् ।

आज नेपाल टेलिकमको सबैभन्दा बढी सेयर कारोबार भएको छ । आज कम्पनीको ५ करोड १५ लाख ६० हजार रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको हो ।
यस्तै, आज हिमालन एभरेष्ट इन्स्योरेन्स कम्पनीको ४ करोड ६१ लाख २९ हजार रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको छ ।