ङादी ग्रुप पावरले साढे १२ लाख कित्ता बढी सेयर लिलामीमा बिक्री गर्ने
काठमाडौं । ङादी ग्रुप पावरले साढे १२ कित्ता सेयर लिलामीमा बिक्री गर्ने भएको छ । कम्पनीले असोज २ गतेदेखि सर्वसाधारण समूहको १२ लाख ५७ हजार २९० कित्ता सेयर लिलामी बिक्री खुला गर्ने भएको हो ।
कम्पनीले साउन १८ गते देखि १५० प्रतिशत हकप्रद सेयर निष्कासन गरेको हो । तोकिएको उक्त समयभित्र आवश्यकता अनुसार हकप्रद सेयर बिक्री बाँकी रहेको सेयर लिलामीमा ल्याएको हो ।
उक्त सेयरमा न्युनतम मूल्य मूल्य १०० रुपैयाँ तोकिएको छ । उक्त लिलामी सेयरमा असोज १३ गते बैंकिङ्ग समयभित्र आवेदन दिन सकिनेछ । लगानीकर्ताले तोकिएको न्युनतम मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल माध्यमबाट आवेदन दिनुपर्नेछ ।
उक्त लिलामी सेयमरा न्यूनतम १०० कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सकिने कम्पनीले जनाएको छ ।
उक्त सेयरमा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल नारायणचौर, नक्साल, काठमाडौंबाट आवेदन दिन सकिनेछ ।
यसका साथै, सिद्धार्थ बैंक लिमिटेडका शाखा कार्यालयहरु विराटनगर, विर्तामोड, वीरगञ्ज , जनकपुर, पोखरा, बाग्लुङ्ग, बुटवल, घोराही, नेपालगन्ज, सुर्खेत, घनगढी र महेन्द्रनगरबाट पनि आवेदन दिन सकिनेछ।












