ङादी ग्रुप पावरको साढे १२ लाख कित्ता हकप्रद शेयर बिक्रीमा
काठमाडौं । ङादी गु्रप पावर लिमिटेडले हकप्रद शेयर बिक्रीमा ल्याएको छ । कम्पनीले असोज २ गतेदेखि बोलकबोल मार्फत १२लाख ५७ हजार २९० कित्ता शेयर बिक्री गर्ने लागेको हो ।
उक्त शेयरको न्यूनतम मूल्य १०० रुपैयाँ तोकिएको हुदाँ आवेदन दिदा सो वा सो भन्दा बढी मूल्य अंकित गरी आवेदन पेश गर्ने सकिनेछ ।
शेयर खरिद गर्ने योग्य इच्छुक ब्यक्ति, कम्पनी, संघ, संस्थाहरुले असोज १३ गते बैंकिङ समय भित्र आवेदन दिन सक्नेछन् । आवेदन दिनका लागि सिद्धार्थ क्यापिटल लिमिटेड नारायण चौर नक्साल काठमाडौं र सिद्धार्थ बैंकका शाखा कार्यलय विराटनगर, विर्तामोड, बिरगन्ज, जनकपुर, हेटौंडा, नारायणगढ, पोखरा, बाग्लुङ, बुटवल, घोराही, नेपालगन्ज, सुर्खेत, धनगढी र महेन्द्रनगरमा आवेदन दिन सकिनेछ ।













