लगानी गर्ने होइन त ? राधी विद्युतले बुधबारदेखि ९५ लाख कित्ता हकप्रद शेयर निष्कासन गर्दै « Arthapath.com
४ आश्विन २०७९, मंगलवार

लगानी गर्ने होइन त ? राधी विद्युतले बुधबारदेखि ९५ लाख कित्ता हकप्रद शेयर निष्कासन गर्दै



काठमाडौं । राधी विद्युत कम्पनीले हकप्रद शेयर निष्कासन गर्ने भएको छ । कम्पनीले बुधबार अर्थात असोज ५ गतेदेखि हाल कायम १ कित्ता सेयर बराबर नयाँ १.४७५२ कित्ता शेयरको अनुपातमा हकप्रद सेयर जारी गर्न लागेको हो ।

कम्पनीले एक सय रुपैयाँ अंकित दरका ९५ करोड ३५ लाख ७६ हजार ९९ रुपैयाँ बराबरको ९५ लाख ३५ हजार ७६०.९९ कित्ता हकप्रद सेयर निष्काशन गर्नेछ ।

हकप्रद निष्काशन प्रयोजनका लागि कम्पनीले भदौ १२ गते बुक क्लोज गरेको छ । त्यसका आधारमा भदौ १० गतेसम्म नेप्सेमा कारोबार भइ कायम कम्पनीका सेयरधनीहरुले मात्र उक्त हकप्रदमा आवेदन दिन सक्नेछन् ।

उक्त हकप्रदमा असोज २५ गतेसम्म आवेदन दिन सकिने कम्पनीले जनाएको छ । कम्पनीको हकप्रद सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ ।

हकप्रदमा मुक्तिनाथ क्यापिटल र मुक्तिनाथ विकास बैंकको विभिन्न शाखा कार्यालय र मेरोशेयर वेबसाइट र एप मार्फत आवेदन दिन सकिनेछ । यसका साथै धितोपत्र बोर्डबाट सी–आस्बा अनुमति प्राप्त सम्पूर्ण बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिन सकिनेछ ।

कस्तो छ त वित्तीय अवस्था ?

कम्पनीले गत आथिक वर्ष २०७८÷७९ मा ५ करोड ९ लाख ४६ हजार रुपैयाँ नाफा कमाएको छ ।

कम्पनीको यो नाफा अघिल्लो आवको चौथो त्रैमासको तुलनामा भने १७.०९ प्रतिशतले कमी हो । अघिल्लो आवको सोही अवधिमा कम्पनीले ६ करोड १४ लाख ५३ हजार रुपैयाँ नाफा कमाएको थियो ।

नेपाल प्राधिकरणको ३३ के.भी प्रसारण लाइनमा बारम्बर आइराख्ने समस्याका विद्युत उत्पादनमा प्रत्यक्ष असर गरेको कम्पनीले जनाएको छ ।

गत आवमा कम्पनीको विद्युत बिक्रीबाट हुने आम्दानी भने भने सामान्य वृद्धि भएको छ । गत आवमा कम्पनीको यो आम्दानी ४.०३ प्रतिशतले वृद्धि भई १३ करोड ४९ लाख ६४ हजार रुपैयाँ पुगेको छ ।

उक्त अवधिमा कम्पनीको संचालन नाफा भने ८.४३ प्रतिशतले घटेर ७ करोड ७० लाख ८५ हजार रुपैयाँ कायम भएको छ । कम्पनीको चुक्ता पुँजी ६४ करोड ६४ लाख ४ हजार रुपैयाँ रहेको छ ।

कम्पनीको अन्य स्रोतबाट हुने आम्दानी पनि घटेको छ भने सञ्चालन खर्च अझै बढेको छ । अघिल्लो वर्ष ४६ लाख १७ हजार रुपैयाँ रहेको अन्य स्रोतबाट हुने आम्दानी गत वर्ष घटेर ४३ लाख रुपैयाँमा झरेको छ ।

उक्त अवधिमा कम्पनीको संचालन खर्चपनि वृद्धि भएको छ । अघिल्लो वर्ष १ करोड ३९ लाख रुपैयाँ रहेको सञ्चालन खर्च गत वर्ष बढेर २ करोड १ लाख पुगेको छ ।

कम्पनीको प्रतिसेयर आम्दानी ७ रुपैयाँ ८८ पैसा, प्रतिसेयर नेटवर्थ १२० रुपैयाँ ६८ पैसा रहेको छ ।


प्रतिक्रिया दिनुहोस्