सिद्धार्थ क्यापिटलको साधारण सभा असोज २८ गते, लाभांश पारित गर्ने मुख्य एजेण्डा « Arthapath.com
१० असार २०८३, बुधबार

सिद्धार्थ क्यापिटलको साधारण सभा असोज २८ गते, लाभांश पारित गर्ने मुख्य एजेण्डा



काठमाडौं । सिद्धार्थ क्यापिटल लिमिटेडको ११औं बार्षिक साधारण सभा असोज २८ गतेका लागि बोलाएको छ । कम्पनीको भदौं १९ गते बसेको सञ्चालक समितिको बैठकको सभा सिद्धार्थ क्यापिटल लिमिटेड, नारायणचौर, नक्साल, काठमाडौंमा दिउँसो ३ बजे बस्ने गरी आव्हान गरेको हो ।

सभाले आर्थिक वर्ष २०७८।०७९ को मुनाफाबाट शेयरधनीहरुलाई हाल कायम चुक्तापूँजीको २५ प्रतिशत नगद लाभांश प्रदान गर्ने संचालक समितिले गरेको प्रस्ताव पारित गर्ने छ ।

लेखापरीक्षकको प्रतिवेदन सहितको २०७८ असार मसान्तको वासलात तथा आर्थिक वर्ष २०७७÷७८ को नाफा नोक्सान हिसाब गरी सोही अवधिको नगद प्रवाहको विवरण प्रस्तुत गर्ने, आर्थिक वर्ष २०७९÷०८० को लागि लेखापरिक्षकको नियुक्त गर्ने तथा निजको पारिश्रमिक तोक्ने तथा अन्य छलफलहरु कम्पनीले गर्नेछ ।


प्रतिक्रिया दिनुहोस्