१० प्रतिशत लाभांश पारितका लागि हाथवे इन्भेष्टमेन्टको साधारण सभा असोज २८ गते « Arthapath.com
७ आश्विन २०७९, शुक्रबार

१० प्रतिशत लाभांश पारितका लागि हाथवे इन्भेष्टमेन्टको साधारण सभा असोज २८ गते



काठमाडौं । हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेडको १४औं वार्षिक साधारण सभा असोज २८ गतेका लागि बोलाएको छ । सभा काठमाडौं लैनचौरस्थित होटल एम्बास्डरमा दिउँसो ३ बजे बस्ने गरी आव्हान गरेको हो ।

साधारण सभामा १० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश गरिनेछ ।

त्यसैगरी आव २०७८÷७९ को वार्षिक प्रतिवेदन र आव २०७९÷८० को लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारितका लागि साधारण सभामा पेश गरिने कम्पनीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्