कुमारी क्यापिटल र आराभा नेपाल मोडर्न एग्रिकल्चरबीच “वे टु लिष्टीङ“ सेवा उपलब्ध गराउने सम्बन्धी सम्झौता
काठमाडौं । कुमारी क्यापिटल लिमिटेडले “Way to Listing” सेवाअन्तर्गत नेपालको प्रचलित कानुन बमोजिम स्थापना भएका जुनसुकै संगठित संस्थाहरुलाई कम्पनीको स्थापना देखि धितोपत्र विनिमय बजारमा सुचिकरण गर्ने चरणसम्म पु¥याउन आवश्यक सम्पूर्ण परामर्श सेवा उपलब्ध गराइने भएको छ ।
सोही सेवा अन्तर्गत आराभा नेपाल मोडर्न एग्रिकल्चर कम्पनि लिमिटेडलाई आइपीओ जारी गर्ने चरणसम्म पु¥याउन आवश्यक सम्पुर्ण परामर्श सेवा उपलब्ध गराउने, धितोपत्रको सार्वजनिक निष्कासनका लागि निष्कासन तथा बिक्रीप्रबन्धकको रुपमा कार्य गर्ने तथा शेयर रजिष्ट्रार सेवाउपलब्ध गराउने सम्बन्धी सम्झौतामा कुमारी क्यापिटल लिमिटेडका तर्फबाट कम्पनिका नायब महाप्रबन्धक पुष्पशर्मा तथा आराभा नेपाल मोडर्न एग्रिकल्चर कम्पनि लिमिटेडका तर्फबाट कम्पनिका अध्यक्ष कृष्ण प्रसाद बजगाँईले हस्ताक्षर गरेका हुन ।
इजराईलबाट कृषि सम्बन्धि सिप तथा तालिम प्राप्त गरि स्वदेश फर्किएका युवाहरुको अगुवाइमा स्थापित यस आराभा नेपाल मोडर्न एग्रिकल्चर कम्पनि लिमिटेड एकिकृत कृषि मार्फत विभिन्न कृषि जन्य वस्तुहरुको उत्पादन, कृषि शिक्षा, तथा कृषि पर्यटन विकास लगायतका कार्यहरु गर्ने मुख्य उद्देश्यका साथ सञ्चालन भईरहेको छ । साथै कम्पनिले आफ्नो सहायककम्पनि एएनएमसि एग्रो प्रालि मार्फत कृषकहरुलाई आवश्यक पर्ने हरित गृहनिर्माण, थोपासिचाई प्रविधिको विस्तार, आधुनिक कृषि परामर्श तथा कृषिऔजारहरुको बिक्रि–वितरण समेत गर्दै आईरहेको छ ।
आराभानेपालमोडर्न एग्रिकल्चर कम्पनिलिमिटेडतथा गण्डकि प्रदेश सरकार, भुमिब्यवस्था कृषितथा सहकारी मन्त्रालय, नेपालआर्मीव्यवसायिक कृषितथापशुपालनतालिम केन्द्र, र कर्णालि प्रदेशका स्थानियनिकायसँगको साझेदारीमाव्यवसायिक‘इन्कुवेसन सेन्टर’मार्फत “Learn and Do” तालिम सञ्चालनगर्दै आइरहेको छ । यसका अतिरिक्त कम्पनिले नेपाल उद्योग वाणिज्य महासंघ अन्तर्गतको कृषिउद्यम केन्द्रको सहकार्यमा सञ्चालनहुने व्यवसायिक कृषिउद्यमविकास कार्यक्रमको कार्यान्वयन साझेदारको रुपमा समेत कार्य गर्दै आइरहेको छ ।नेपालको कृषि क्षेत्रमाउल्लेखनिय योगदान पु¥याएवापतआराभा नेपालश्रम तथा रोजगार मन्त्रालयबाट “सर्वोत्कृष्ट उद्यमि पुरष्कार” तथा “राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कार” बाट पुरस्कृत भइसकेको छ ।












