हिमाल दोलखा हाईडोपावरले १ करोड २० लाख कित्ता हकप्रद शेयर निष्कासन गर्ने
काठमाडौं । हिमाल दोलखा हाईडो पावर कम्पनी लिमिटेडले हकप्रद शेयरका लागि लक्ष्मी क्यापिटल मार्केट लिमिटेडलाई निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।
सो सम्बन्धमा यहि असोज ९ गतेका दिनकम्पनी र क्यापिटलबीच हकप्रद सेयर निष्कासन तथा बिक्री सम्बन्धी सम्झौता सम्पन्न भएको छ । सम्झौता पत्रमा हिमाल दोलखा हाईडो पावर कम्पनी लिमिटेडको तर्फबाट अध्यक्ष रन्जना दाहाल र क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत राजिव सापकोटाले हस्ताक्षर गरेका छन् ।
ंंंंकाठमाडौमा रजिष्टर्ड कार्यालय रहेको यस हिमाल दोलखाहाईडो पावर कम्पनीको हालको पुँजी १ अर्ब ६० करोड प्रतिशेयर अंकित १०० को दरले १ कित्ता शेयरको ०.७५ प्रतिशत को अनुपातमा १ करोड २० लाख कित्ता हकप्रद शेयर निकाष्शन गर्ने छ । कम्पनीले इलाम जिल्लाको इलाम नगरपालिका वडा न.९ १० मा माई खोला साना जलविद्युत आयोजना (४.५ मेगावाट) र माई नगरपालिका वडा न ९ मा रहेको माई सानाक्यासकेड जलविद्युत आयोजना (८ मेगावाट) हाइडोपावर संचालन गरेको छ ।












