सेयर बजारलाई दशैंको स्वागत : दोहोरो अंकले बढ्यो, यसकारण बढेन कारोबार रकम « Arthapath.com
१० असार २०८३, बुधबार

सेयर बजारलाई दशैंको स्वागत : दोहोरो अंकले बढ्यो, यसकारण बढेन कारोबार रकम



काठमाडौं । सेयर बजारले दशैंलाई स्वागत गरेको छ । दशैंअघिको अन्तिम कारोबार दिन बजारले गति लिएको हो ।

बिहीबार बजार १६.२९ अंकले वृद्धि भएको छ । उक्त दिन बजार परिसुचक १८५३.७६ अंकको बिन्दुमा पुगेर बन्द भएको छ । आज जीवन बीमा बाहेकका सबै समूहरु हरियाली बनेका छन् ।

लगानीकर्ता दशैं लगायतको फेष्टिभ मुडभएका कारण पनि कारोबार रकमले भने गति लिएको छैन । अघिल्लो दिनको तुलनामा कारोबार रकम पनि वृद्धि भएको हो ।

आज ६३ करोड २४ लाख ७ हजार रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको हो । दशैं बिदापछि सेयर बजारमा सकरात्मक गति देखिने लगानीकर्ताको अपेक्षा छ ।

उक्त दिन सबैभन्दा बढी नेपाल इन्स्योरे कम्पनीको प्रोमोटर सेयर खरिदबिक्री भएको छ । कम्पनीको ४ करोड ४८ लाख ५० हजार रुपैयाँ बराबरको सेयर किनबेच भएको छ ।


प्रतिक्रिया दिनुहोस्