उच्च दरमा बढ्यो चार कम्पनीको सेयर मूल्य, प्रतिकित्ता कसले कति कमाए ?
काठमाडौं । मंगलबार चार कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । उक्त दिन समीट लघुवित्त वित्तीय संस्थासहित चार कम्पनीको सेयर उच्च दरमा वृद्धि भएको हो ।
उक्त दिन समीट लघुवित्तको सेयर मूल्यमा सकरात्मक सर्किट लागेको छ । कम्पनीको सेयर मूल्य १० प्रतिशत अर्थात प्रतिकित्ता ८४ रुपैयाँ ५० पैसाले वृद्धि भएको हो ।
उक्त दिन अभियान लघुवित्तको सेयर मूल्य पनि ९.९८ प्रतिशतले वृद्धि भएको छ । कम्पनीको सेयर मूल्य प्रतिकित्ता ५० रुपैयाँ १० पैसाले वृद्धि भई ५५२ रुपैयाँ पुगेको हो ।
यस्तै, मंगलबार सिटिजन्स म्युचुअल फण्ड– को सेयर मूल्य ८.५२ प्रतिशत र रु रु जलविद्युत परियोजनाको सेयर मूल्य ७.८४ प्रतिशतले वृद्धि भएको छ ।












