रिडि पावरको शेयर कारोबार फुकुवा « Arthapath.com
१८ मंसिर २०७९, आईतवार

रिडि पावरको शेयर कारोबार फुकुवा



काठमाडौं । नेपाल स्टक एक्सेचञ्ज (नेप्से) ले एक कम्पनीको शेयर कारोबार फुकुवा गरेको छ । नेप्सेले रिडि पावरको शेयर कारोबार फुकुवा गरेको छ ।

कम्पनीले आर्थिक वर्ष २०७८/०७९ को नाफाबाट सेयर कारोबार भइरहेको समयमा सञ्चालक समितिको बैठक बसी लाभांश दिने घोषणा गरेको थियो । उक्त घोषणासँगै नेप्सेले कारोबार रोक्का गरेको थियो । आइतबार नेप्सेले कम्पनीलाई आगामी दिनमा त्यस्तो कमजोरी नगराउन सचेत गराउँदै सोमबारदेखि लागू हुनेगरी कारोबार फुकुवा गरेको जनाएको छ ।

कम्पनीको शेयर सोमबारदेखि कारोबारमा आउनेछ ।


प्रतिक्रिया दिनुहोस्