मोलुङ्ग हाइड्रोपावरले ३५ लाख कित्ता आइपीओ जारी गर्ने, बोर्डबाट पायो अनुमति « Arthapath.com
२१ मंसिर २०७९, बुधबार

मोलुङ्ग हाइड्रोपावरले ३५ लाख कित्ता आइपीओ जारी गर्ने, बोर्डबाट पायो अनुमति



काठमाडौं । मोलुङ्ग हाइड्रोपावर कम्पनी लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ । आइपीओ निष्कासन गर्नेका लागि कम्पनीले नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको हो ।

कम्पनीले मंसिर १६ गते कुल ३५ लाख ३१ हजार कित्ता आईपीओ निष्कासन गर्नका बोर्डबाट अनुमति दिएको हो । कम्पनीले अब अंकित मूल्य १०० रुपैयाँमा पहिलो चरणमा आयोजना प्रभावित स्थानिय बासिन्दा, बिदेशी नेपालीहरु र दोस्रो चरणमा सर्वसाधारणलाई आइपीओ जारी गर्नेछ ।

विक्री प्रबन्धकमा सनराइज क्यापिटल लिमिटेड रहेको छ ।


प्रतिक्रिया दिनुहोस्