भगवती हाइड्रोपावरले प्रिमियम मूल्यमा आइपीओ निष्कासन गर्ने, बोर्डमा दियो आवेदन « Arthapath.com
२१ मंसिर २०७९, बुधबार

भगवती हाइड्रोपावरले प्रिमियम मूल्यमा आइपीओ निष्कासन गर्ने, बोर्डमा दियो आवेदन



काठमाडौं । भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले प्रिमियम मूल्यमा आईपीओ निष्कासन गर्न भएको छ । कम्पनीले नियामक निकाय नेपाल धितोपत्र बोर्डमा प्रिमियम मूल्यमा आइपीओ निष्कासनको अनुमति माग्र्दै आवेदन दिएको हो ।

कम्पनीले मंसिर २० गते प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा १६रुपैयाँ प्रिमियम थपेर प्रतिकित्ता ११६ रुपैयाँमा १४ लाख ३० हजार १६२ कित्ता आईपीओ निष्कासन गर्नका बोर्डमा आवेदन दिएको हो ।

कम्पनीले स्थानीय बासिन्दा र सर्वसाधारणको लागि प्रिमियम मूल्यमा आईपीओ निष्कासन गर्दै छ । विक्री प्रबन्धक सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ ।


प्रतिक्रिया दिनुहोस्