थप तीन कम्पनीको १ करोड २६ लाख कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत, कुनको कति ?

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा थप तीन कम्पनीको बोनस सेयर सूचीकृत भएको छ ।
यस साता नेप्सेमा दुई वाणिज्य बैंक र एक लघुवित्त वित्तीय संस्थाको १ करोड २६ लाख ४६ हजार ५५६ कित्ता बोनस सेयर सूूचीकृत भएको हो ।
यस साता नेप्सेमा साविकको नेपाल इन्भेष्टमेन्ट बैंकको ७३ लाख २३ हजार १६ कित्ता, किसान लघुवित्त वित्तीय संस्थाको ७ लाख ८५ लाख ६१७ हजार र सिभिल बैंकको ४५ लाख ३७ हजार ९२१ कित्ता बोनस सेयर सूचीकृत भएको छ ।
यी तीनै वटा कम्पनीको बोनस सेयर सम्वन्धित सेयरधनीहरुको हितग्राही खातामा जम्मा भएपछि खरिदबिक्री गर्न सक्नेछन् ।